३० भन्दा बढी उद्योगी व्यवसायी संविधान दिवसमा विभूषित

सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानदवी पाउनेमा उद्योगी व्यवसायीहरु पनि परेका छन् । 

गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपतिले घोषणा गर्ने पदक तथा सम्मान पाउने ९०३ जनाको सूचीमा पूर्व प्रधानमन्त्री देखि विभिन्न क्षेत्रमा योगदान पु¥याएका नेपाली नागरिक छन् । 
यो वर्ष नेपालरत्न पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ भने राष्ट्र गौरव पदवी पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व.सुवर्ण शमशेर राणालाई दिइँदैछ । अघिल्ला वर्षजस्तै विभिन्न व्यवसायीले पनि मानपदवी पाउँदैछन् ।

यसमध्ये सुर्कीर्तिमय राष्ट्रदिप सम्मानबाट देवीप्रकाश भट्चन, कैलाश सिरोहिया, रामेश्वर थापा, उपेन्द्र महतो, सुरेन्द्रवीर मालाकार र कैलाशचन्द्र गोयल छन् । 

यस्तै राष्ट्रपतिबाट सुप्रबल जनश्रेवाश्री पदक पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, साहिल अग्रवाल, शिवरत्न शारडा, राजेन्द्र खेतान छन् ।

प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुनेमा व्यवसायी मोतिलाल दुगड, विष्णुप्रसाद न्यौपाने, राजु ढकाल, सञ्जयकुमार खेतान, गोविन्द गोइन्का, उपेन्द्र पौडेल, रमेश शर्मा, अर्जुनमान सैँजु, नारायण अग्रवाल रहेका छन् । 

यसैगरी बैंकर रविनादेशराज श्रेष्ठ, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिप पाण्डे तथा सौरभ दुगड, शंकरलाल अग्रवाल, सुनिलबल्लव पन्त, कुज्ञ अग्रवाल, गोकुल भण्डारी, हुमनाथ कोइराला र इन्भेष्टर फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेल र नारायण अग्रवालले पनि प्रबल जनसेवाश्री पाउदैछन् । 



सागर थापा, राधेश्याम हलुवाई, अम्बरबहादुर बानियाँ, यादवसिंह कार्की, चुन्न प्रसाद पौडेल देव किसन, नरिश्वर शर्मा, मुन्दडा लगायतका व्यवसायीले पनि जनसेवाश्री पदक पाएने भएका छन् ।
 



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १३:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया