छायांकन सेटमै रमेश केसीको निधन

हाँस्यकलाकार रमेश केसीको निधन भएको छ । केसीको आइतबार बिहान छायांकन सेटमै निधन भएको हो ।

आफैंले मोटरसाइकल चलाएर छायांकन स्थलमा पुगेका केसी छायांकनका क्रममा बेहोस भएका थिए । ६९ वर्षीय केसीलाई त्यसलगत्तै गंगालाल हृदय केन्द्र पुर्‍याइएकाे थियो । अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

नाटकबाट अभिनययात्रा थालेका केसीले ‘यमपुरीमा जिउँदो मान्छे’, ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘मुनामदन’, ‘पृथ्वीनारायण’ लगायतका नाटमा अभिनय गरेका छन् । उनले ‘जे भो राम्रै भो’, ‘रहर, ‘लोभी पापी’, ‘चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

यस्तै कलाकार केसीले ‘हर्के हवल्दार’, ‘तितो सत्य’, ‘अब अती भो’, ‘च्वास्स चुस्स’, ‘आफ्नै कथा’, ‘एकादेशको चुरीफुरी’, ‘लक्ष्मी’ र ‘आम्मै’ लगायतका टेलिसिरियलमा अभिनय गरेका छन् । 

आइतबार बिहान हर्केहल्दार टिमले निर्माण गर्न लागेको एक भिडियो छायांनका लागि सुटिङ स्थलमा पुगेका थिए । 
 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १५:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया