प्रदेश एक र बागमती प्रदेशका नवगठित सरकार ‘हनिमुन पिरियड’सम्म पनि पुग्न नपाउने भएका छन् ।
एमाले विभाजनसँगै दुवै पक्षले आफ्नो पक्षमा आए मात्रै समर्थन गर्ने नत्र समर्थन फिर्ता लिने बताउँदै आएका थिए । दुवै प्रदेशका मुख्यमन्त्रीले एमाले नै रोजेपछि एकीकृत समाजवादी पार्टीले उनीहरुको समर्थन फिर्ता लिने भएको छ ।
आइतबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुवै प्रदेशमा एक हप्ताभित्र आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्।
आफ्नो पार्टीलाई कमजोर देखाउने प्रयास भइरहेको बताउँदै अध्यक्ष नेपालले एक साताभित्र दुई प्रदेशमा सरकारको नेतृत्व गरेर पार्टी शक्तिशाली भएको प्रमाणित गर्ने बताए ।
उनले एक साताभित्रै आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरु पठाउने र पाँचदलीय गठबन्धनलाई चुनावसम्म बलियो बनाउँदै लैजाने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।