दशैंलाई लक्षित गरि आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाड दशैंलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। 

दशैंमा नयाँ नोटको विशेष महत्व हुन्छ। त्यसैले हरेक वर्ष दशैंमा नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

काठमाडौं उपत्यकाभित्र इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्न सकिनेछ। 

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने 
राष्ट्र बैंकले जनाएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ । 

केन्द्रीय बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कुल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ । 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ७:४४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया