डेल्टा भाइरसको २५ बढी म्युटेशन, तेस्रो लहरको खतरा

बायोटेक्नालोजी विभागका वैज्ञानिकले भारतमा डेल्टा–४ नामक कोरोना भेरियन्टबाट तेस्रो लहरको खतरा बढेको बताएका छन् ।

भारतमा डेल्टा–४ नामको भेरियन्ट तीव्र रुपमा फैलिएको बताएको छ । वैज्ञानिकहरुले यसबारेमा १३ सेप्टेम्बरमा नै सरकारलाई रिपोर्ट बुझाएका थिए । जसमा दोस्रो लहरमा ठूलोमात्रामा संक्रमित बनाएको डेल्टा भेरियन्टमा लगातार म्युटेशन भएको उल्लेख छ । 

रिपोर्टअनुसार भारतसहित अमेरिका र युरोपेली देशमा पनि यो भाइरसमा म्युटेशन देखिएको छ । यसका कारण भाइरसमा थप धेरै परिवर्तन आएको अनुमान गरिएको छ ।

भारतमा मात्रै अहिलेसम्म २५ नयाँ भेरियन्ट देखिएका छन् र यसका अलग अलग बिरामी भेटिएका छन् ।

रिपोर्टअनुसार ९० हजार ११५ नुमनाको जिन अनुक्रम पूरा भएको छ । जसमा ६२.९ प्रतिशत नमुनामा भाइरसको गम्भीर भेरियन्ट पाइएको छ ।

यसमा डेल्टा, अल्फा, गामा, बीटा, कप्पा आदि भेरियन्ट छन् । यी भेरियन्टहरु दोस्रो पटक संक्रमित हुनेमात्रै नभएर खोप लगाएकामा समेत देखिने बताइएको छ । 
 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ८:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया