सेयर बजारमा उच्च अंकको गिरावट

साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेप्से फेरि पहिरो गएको छ । सोमबार पनि बजारमा नेप्से सूचक ११४.०२ अंकले घटेर २६९८.२५ विन्दुमा झरेको छ । बजार समग्रमा ४.०५ प्रतिशतले घटेको हो । 

केही समय रिकभर भएर २७४१ अंकसम्म पुगेको थियो । २८१२ अंकबाट झरेको बजार एकै पटक २६९८ मा बन्द भएको हो । सबै समूह राताम्य हुँदा फाइनान्स, हाइड्रोपावर र विकास बैंक समूह अझ उच्चदरमा घटेका छन् । 

कारोबार रकम अघिल्लो साताको अन्तिम दिनहरूको तुलनामा बढेको छ । ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार बजारमा १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १५:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया