इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने आठमा शेख जायद स्टेडियम अबुधाबीमा हुनेछ । बैंग्लाेर विराट कोहली र कोलकता इयोन मोर्गनको कप्तानीमा मैदान उत्रिने छन् ।
कोलकतालाई प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ । त्यसैले उ जित हात पार्दै लय फर्काउने चाहनामा हुनेछ ।
बैंग्लोर पनि आज जित हात पार्दै शीर्ष स्थानको चेन्नइ सुपर किंग्स र दोस्रो स्थानको दिल्ली क्यापिटल्ससँग अंक बराबरी गर्ने प्रयासमा हुनेछ । दुवैले समान १२ अंक जोडेका छन् ।
बैंग्लोर ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदा समान खेलमा ५ हार र २ जितसहित ४ अंकका साथ कोलकता सातौं स्थानमा छ ।
हालसम्म यी दुईले २७ खेलमा एक अर्काको सामना गर्दा कोलकता १४ र बैंग्लोर १३ खेलमा विजयी भएका छन् । लिगको पहिलो खेल बैंग्लोरले ३८ रनले आफ्नो पक्षमा पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।