कर्मचारी छनोटमा मनोमानी गरेको भन्दै प्रादेशिक विद्युत कार्यालयमा तालाबन्दी

कर्मचारी छनोटमा मनोमानी गरेको भन्दै सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । 

विद्युत प्राधिकरणमा काम गर्न २ वर्षका लागि ठेक्कामार्फत् कर्मचारी छनोट गर्न विज्ञापन आह्वान गरको भए पनि कर्मचारी छनोट गर्ने ठेकेदारले मनोमानी कर्मचारी राखेको भन्दै फर्म भरेकाहरूले विरोध गरेका हुन् ।

विद्युत प्राधिकरणले ठेकेदार ९८ जना कर्मचारी राख्न ठेक्का आह्वान गरेको थियो।

तालाबन्दीमा सहभागी दिपक रानाले आफूले प्रक्रिया पुर्‍याएर फर्म भरेको भए पनि छनोट प्रक्रियामा सहभागी नै नगराई नयाँ कर्मचारी छनोट गरिएको बताए ।

उनले भने, ‘म विगत २ वर्षदेखि बेलौरी वितरण केन्द्रमा प्राविधिकका रूपमा काम गरिरहेको थिए । पुरानो ठेकेदारसँगको सम्झौता सकिएपछि नयाँ ठेकेदारले माग गरेको कर्मचारी छनोटका लागि फर्म भरेको थिएँ । फर्म भरेको भए पनि आफ्नो छनोट प्रक्रिया नै पूरा नगराई नयाँ कर्मचारी आफ्नो ठाउँमा पठाएका छन् । नयाँ कर्मचारी कसरी छनोट भए ? म पास फेल के भएँ भनेर किन जानकारी दिइएन।’

पुरानो सम्झौता सकिएकाले आफ्नो जागिर गुमेकोमा आपत्ति नभए पनि नयाँ सम्झौताका लागि फर्म भर्दा अन्तर्वार्ता, लिखित केही नगराई कसरी नयाँ कर्मचारी छनोट गरिए भनेर आफू अन्योलमा परेको उनकाे भनाइ छ ।



प्राधिकरणका प्रशासकीय अधिकृत दुर्गा खत्रीले ठेकेदारले आफैले कर्मचारी छनोट गर्ने भए पनि ठेकेदारले प्रक्रिया नपुर्‍याएकाे गुनासो आएको बताए ।

उनले ठेकेदारले कति फारम भरे, कसरी छनोट गरे भन्ने आफूलाई जानकारी नहुने बताए । उनले १ र २ तहका कर्मचारी ठेकेदार मार्फत विद्युत प्राविधिकरणले माग गरेको जनाए ।



नेपाल विद्युत प्राधिकरणले भने सेवा करारका कर्मचारी सम्झौता बमोजिम ठेक्का लिएका सम्बन्धित निर्माण व्यवसायीले भर्ना गर्ने भएकाले कार्यालयसँग खासै सरोकार नहुने जनाएको छ । 

प्रादेशिक कार्यालयका निमित्त प्रमुख मेघमणि गौतमले यसअघि दुई वर्षका लागि गरिएको ठेक्काको अवधि सकिएपछि डिलस मल्टी सेक्युरेटीसँग सम्झौता गरिएको बताउँदै कर्मचारी भर्ना पनि उसैले गरेको दाबी गरे ।

  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १७:४८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया