जमानतमा छुटे राज कुन्द्रा

पोर्न भिडियो बनाएर प्रसारण गरेको आरोपमा पक्राउ परेका गत जुलाई १९ मा पक्राउ परेका राज कुन्द्रा पक्राउ परेको दुई महिनापछि जमानतमा छुटेका छन् ।  

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राजलाई मुम्बई अदालतले ५० हजार भारु जरिवानासहित जमानत दिइएको एएनआईले उल्लेख गरेको छ।

अदालतसमक्ष मुम्बई प्रहरीले राजविरूद्ध गत बिहीबार करिब १४ सय पृष्ठको अभियोग पत्र पेस गरेको थियो। शनिबार अनुसन्धान सकिएको र अभियोग पत्र बुझाइसकेको भन्दै राजले जमानतका लागि अपिल गरेका थिए। 

उनले जमानत अपिलमा उनले आफूमाथि षड्यन्त्र भएको र आफूले अश्लील फिल्म बनाएकोमा कुनै प्रमाण नभएको उल्लेख गरेका थिए । 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार २०:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया