पोखरामा विद्यालयको पर्खाल भत्किएर सोमबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ।
पोखरा–१३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल भत्किएर उनको मृत्यु भएको हो।
पुरानो पर्खाल भत्काउन लाग्दा एकैचोटि भत्किएर २० वर्षीय रितेश रामको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
पर्खालले किचेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।