मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ केकीघाङमा नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । सो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्छ ।
एक्यापको इलाका संरक्षण कार्यालय लोमन्थाङका कर्मचारी रामबहादुर गुरुङले गत भदौ १३ गते समुद्री सतहदेखि ३ हजार ७ सय ८१ उचाइको केकीघाङमा ‘युरोपियन रोलर’ नामको चराको तस्बिर खिचेका थिए ।
उक्त तस्बिर इलाका संरक्षण कार्यालय लोमन्थाङका प्रमुख ऋषि बरालले वरिष्ठ चराविद् डा. हेमसागर बराल र सोम जिसीसमक्ष पठाएका थिए ।
चराविज्ञहरुले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेका हुन् । यसअघि ५ सय १८ प्रजातिका चरा रहेकोमा अब एक्यापमा त्यो संख्या ५ सय १९ भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।