सिरहामा पतिको हत्यामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ वर्षीय दुखहरण महराको हत्या उनकै पत्नीले गरेको प्रहरीले जनाएको छ ।
गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा महराको शव फेला परेको थियो । सो हत्या दुखहरणकी पत्नी ३८ वर्षीया हरिहरदेवीकै योजनामा भएको सिराहा प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
दुखहरणको हत्या गराउन हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएर मुकेशलाई ६० हजार रुपैयाँ दिएको पाइएको प्रहरीले जनाएको छ ।
मुकेशलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।