भारतीय तस्करको समूहबाट कुटिए सशस्त्र प्रहरी

कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका जवान कुटिएका छन् ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन्। तस्करबाट कुटिनेमा प्रहरी जवान सुदिप सुनारलगायत ३ जना रहेका छन् । 

तर सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा गरेको बताए । 

चोटपटक कसैलाई नलागेको उनको भनाइ छ । उनले घाइते प्रहरीहरुको पहिचान समेत खुलाउन चाहेनन् । 

स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका सामग्री ओसार पसार गरिरहेका थिए । सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको जनाएको छ। 

तस्करबाट कुटिएका सशस्त्र प्रहरी जवान सुदिव सुनारले भने, ‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ । त्यहीक्रममा एक जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चिनीको बोरा लिएर आइरहेको थिए । हामीले उसलाई रोकेर सोधपुछपछि उसले ओसार पसार गरिरहेको अवैध चिनी नियन्त्रणमा लिन खोज्दा ८/९ जनाको समूह नै आएर कुटपिट गरे ।’ 



तस्करहरुको सो समूहले प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेको प्रहरीले जनाएको छ । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ ।



  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार ७:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया