स्वदेश आइपुग्यो नेपाली क्रिकेट टोली

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिका सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा सहभागी भएर नेपाली टोली मंगलबार बिहान स्वदेश आइपुगेको छ । 

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजका ४ खेलमा नेपालले समान दुई–दुई जित र हारको नतिजा निकाल्यो ।

सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ५ तथा तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटको पराजित भएको थियो । 
सिरिजको अन्तिम खेलमा नेपालले आयोजक ओमानमाथि ७ विकेटको सहज जित हात पारेको थियो ।

नेपाल लिग–२ अन्तर्गतका ८ खेलमा समान चार–चार जित र हारको नतिजा सहित ८ अंक जोड्दै चौथो स्थानमा छ । 

त्रिकोणात्मक सिरिजअघि नेपाली टोलीले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारेको थियो । 





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार ११:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया