अर्कै उद्योगको ट्रेडमार्क प्रयोग गरी मसाल बनाउने एक जना पक्राउ

प्रतिलिपि अधिकार ऐन विरुद्धको कसुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–८ का ३० वर्षीय रोहित साहु कानु छन् । 

उनले बढी नाफा कमाउने उद्देश्यले आफूले सञ्चालन गरेको अन्नपूर्ण मसला उद्योगको मसलाहरूमा अर्को उद्योगको ट्रेडमार्क र डिजाईन लेबल प्रतिलिपि टाँस गरी बजारमा बिक्रीका लागि पठाएका थिए । 

वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले कानुलाई नियन्त्रणमा लिएको हो । 

अन्नपूर्ण मसला उद्योगमा खानतलासी गर्दा चटकेर बीएमपी स्पाइस उद्योगको ट्रेडमार्क र डिजाइनर लेबलिङ गरेका ६५४ पोका मसला, तयार पार्नको लागि राखिएको १० बोरा कच्चा पदार्थ, मसला मिस्ने मेसिन १ थान लगायतका सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ । 

जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार ११:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया