‘घिन्ताङ’ को छायांकन सुरु

नेपाली चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । चलचित्रको पनौतीबाट छायांकन सुरु भएको भएको हो ।

दीपक श्रेष्ठ निर्माता तथा निर्देशक रहेको घिन्ताङमा गौरव पहारी, केकी अधिकारी, निर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भूमिका रहने छ । संकल्प भुजेलको छायांकन रहने चलचित्रमा दीपक शर्माले संगीत गर्ने छन् ।

९ वर्षपछि चलचित्र क्षेत्रमा फर्किएका श्रेष्ठले यो चलचित्रलाई पृथक बनाउने कोसिस गरिरहेको बताए । ६० लाख बजेटमा निर्माण हुन लागेको चलचित्रको प्रस्तुतकर्ता राज लामा हुन् । पनौतीपछि यो चलचित्रको छायांकन फर्किङमा हुनेछ । 





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १३:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया