बैंकहरूको निक्षेपमा सुधार, भदौमा ५४ अर्ब संकलन

बैंकहरूमा निक्षेपमा सुधार हुन थालेको छ । निक्षेपको अनुपातमा ऋण बिस्तार भने निक्कै उच्च देखिए पनि भदौमा निक्षेपमा सुधार देखिएको हो । नेपाल बैंकर्स संघले भदौ मसान्तसम्मको विवरण सार्वजनिक गर्दै भदौ लागेपछि निक्षेप ५४ अर्बले बढेको जानकारी दिएको हो ।

चालू वर्ष लागेपछि निक्षेप निरन्तर घटेर तरलतामा उच्च चाप परेको बैंकहरूले जनाएका थिए । यसैबीच अहिले ऋण विस्तारमा बैंकहरू निकै आक्रामक देखिएका छन् । नयाँ आर्थिक वर्ष लागेपछि बैंकहरूले एक खर्ब ५१ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् ।  भदौमा मात्रै ९४ अर्ब रुपैयाँले बढाएका छन् । 

नयाँ आर्थिक वर्ष लागेपछि कुल ३० अर्ब रुपैयाँले निक्षेप घटेको छ । भदौमा ५४ अर्ब बढेको निक्षेपमा अन्तिम साताको हिस्सा २६ अर्ब रुपैयाँ छ । अहिले बैंकहरूसँग कुल निक्षेप ४७ खर्ब १२ अर्ब छ भने कुल ऋण ४३ खर्ब ४९ अर्ब रहेको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १६:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया