पक्राउ परेको दुई महिनापछि राज कुन्द्रा जमानतमा छुटे

पोर्न फिल्म निर्माण र कारोबारको आरोपमा दुई महिनादेखि मुम्बई प्रहरीको हिरासतमा रहेका बलिउड नायिका शिल्पा शेट्टीको पति राज कुन्द्रा जमानतमा छुटेका छन् । 
राजले ५० हजार भारतीय रुपैयाँ धरौटी राखेपछि अदालतले उनलाई मंगलबार हिरासत मुक्त गरेको हो । 

गत जुलाई १९ का दिन मुम्बई प्रहरीले राजलाई पोर्न फिल्म निर्माण र कारोबारको आरोपमा पक्राउ गरेको थियो । त्यसपछि उनलाई आर्थर रोड जेलमा राखिएको थियो । जेलका अधिकारका अनुसार उनलाई मंगलबार साढे ११ बजे रिहा गरिएको थियो । 

राजसँगै पक्राउ परेका रेयान थोर्पेलाई पनि अदालतले जमानतमा छोडेको छ । 

 





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १७:४७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया