वायुसेवा कम्पनीले सुरु गरे पर्वतीय उडान

वायुसेवा कम्पनीले पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु गरेका छन् । कोभिड–१९ महामारीका कारण स्थगित भएको पर्वतीय उडान कोभिडको जोखिम कम भएसँगै सञ्चालनमा आएकाे हो । 

बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीले नौ हजार ९९९ मा दुईजनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरेको छ । 

त्यस्तै, यती एयरलाइन्सले पनि शनिबार र आइतबार पर्वतीय उडान गर्ने भएको छ । कम्पनीले आठ हजार ८४८ मा दुईवटा टिकट उपलब्ध गराउनेछ । 

दशैँ, तिहारलगायत चाड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान सुरु गरेका हुन् । शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मौसम मानिन्छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ ।  





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार २१:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया