पहिरोमा परी गुल्मीमा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोमा परेर गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति अविरल वर्षासँगै पहिरो गएको हो । 

पहिरोमा परी रेसुङ्गा नगरपालिका-८ खानिगाउँ थुम्का लाइनका तिलक परियारका तीन छोरीहरू २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षीया जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पहिरोले एकतले पक्की घर पुरिँदा कोठामा सुतिरहेका तीन दिदी बहिनीको मृत्यु भएको हो। तिलक उनकी श्रीमती र एक छोरी भने सकुशल छन्। 

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले तीन जनाकै शव निकालेर जिल्ला अस्पतालमा लगिएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ७:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया