एर्दोगान भन्छन्– राष्ट्रसंघको प्रस्तावअनुसार काश्मिर मुद्दाको समाधान

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गर्दै काश्मिरको मुद्दा उठाएका छन् । उनले महासभालाई सम्बोधन काश्मिरको समस्या समाधानका लागि आफ्नो अडान कायम रहेको बताए । 

उनले पछिल्लो ७४ वर्षदेखि जारी काश्मिर समस्याको समाधान संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार हुनुपर्ने अडान दोहोर्‍याए ।

टर्कीले दक्षिण एसियाको शान्ति र स्थिरताका लागि काश्मिरको मुद्दा समाधान हुनुपर्ने बताउँदै आएको छ । उसले काश्मिरलाई विशेष अधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गरेपछि त्यहाँको अवस्था झनै जटिल भएको बताएका छन् ।

एर्दोगानले काश्मिरका साथै अफगानिस्तान, इजरायल, सिरिया, लिबिया, युक्रेन, अजरबैजान र चीनको विगुर मुस्लिमको विषयमा समेत कुरा उठाएका छन् ।

उनले अफगानिस्तानको मुद्दा पनि उठाएका छन् । उनले अफगानिस्तानी जनतालाई एक्लै छाडिएको भन्दै अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ९:५१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया