युवा क्रिकेटर कुशल मल्ललाई रेड रकको प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ललाई भारतीय क्रिकेट खेल सामग्री उत्पादक कम्पनी रेड रक (आरआर) स्पोर्ट्सले प्रायोजन गरेको छ । 

कुशल र रेड रकका नेपाल प्रतिनिधि महेश कठायतले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपालका पूर्व कप्तान पारस खड्काको पनि उपस्थिति थियो । 

आरआरले उनलाई एक वर्षका लागि प्रायोजन गरेको हो । सम्झौता रकम भने खुलाईएको छैन । 

‘आरआर परिवारसँग जोडिन पाउँदा निकै खुसी लागेकको छ,’ कुशलले सम्झौता पछि भने, ‘यसले मलाई देशका लागि अझै राम्रो गर्ने प्रेरणा मिलेको छ ।’ 

कुशल रेड रकबाट प्रायोजन पाउने पाँचौ नेपाली खेलाडी हुन् । यस अघि उसले भिम सार्की, सोमपाल कामी, सन्दीप जोरा र करण केसीलाई प्रायोजन गरेको थियो ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १६:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया