उपमेयरका श्रीमानले पत्रकारलाई ज्यान मार्ने धम्की दिए

बाजुराको बडिमालिका नगरपालिकाकी उपमेयर कविता विष्टको सेवासम्बन्धी समाचारको विषयलाई लिएर उनका श्रीमानले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । 

न्युज एजेन्सीमा आएको समाचार प्रकाशित भएको विषयलाई लिएर बाजुराको बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टका श्रीमान् विपिन विष्टले धनगढीस्थित दिनेश खबरका सम्पादक नवराज पनेरुलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

‘महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख एजेन्सीको समाचार प्रकाशित गर्दा धम्की आएको हो’, पत्रकार पनेरूले भने ।

समाचार प्रकाशित गरेकै आधारमा फोन गरेर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु गलत भएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, कैलाली पत्रकार महासंघलगायत संघ–संस्थाले विज्ञप्ति प्रकाशित गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १८:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया