तालिबान सरकारले लगायो आइपिएल प्रसारणमा प्रतिबन्ध

तालिबान सरकारले आफगानिस्तानमा इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डका पूर्वमिडिया व्यवस्थापक मोहम्मद इब्राहिमका अनुसार आइपिएलमा इस्लामविरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको हो । 

आइपिएल विश्वको लोकप्रिय टि–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । आइपिएल सामग्रीले महिला दर्शकमा नराम्रो असर पर्ने भन्दै तालिबानले प्रतिबन्ध लगाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

महिलाहरुको नृत्य, इस्लामविरोधी सामग्री र आइपिएलमा महिला दर्शकको उपस्थिति रहेको भन्दै आइपिएल प्रसारणमा रोक लगाइएको छ ।

तालिबान महिलाप्रति कठोर बन्दै आएको छ । उसले अफगानिस्तानमा सम्पूर्ण महिला खेलकुद प्रतिबन्ध लगाउने जनाइसकेको छ । 

अघिल्लो महिना तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको थियो । पुरुष टोलीलाई क्रिकेट खेल्न अनुमति दिए पनि महिलालाई भने रोक लगाएको हुँदा अफगानिस्तानको टेस्ट मान्यता खतरामा परेको छ ।



तीन अफगानी खेलाडी राशिद खान, मुजिब उर रहमान र अलराउन्डर मोहम्मद नाबीले सनराइजर्स हैदराबादबाट आएपिएल खेलिरहेका छन् । 



  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १८:२७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया