टिकटकमा चर्चित सिम्रनको अभिनयमा ‘केवल तिमी भित्रै’ सार्वजनिक ( भिडियो)

टिकटकबाट चर्चित बनेकी सिम्रन पन्तको अभिनयमा ‘केवल तिमीभित्रै’ सार्वजनिक भएको छ । स्मुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) परिवारको प्रस्तुतिमा सो गीत सार्वजनिक भएको हो । 

यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको युगल गायन रहेको छ। गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। 

चन्द्र श्रेष्ठले संगीतबद्ध गरेको यस गीतलाई दीक्षित पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा भिडियोमा युवा पुस्तामाझ लोकप्रिय मोडल  कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । 

मनी के राईको कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायांकन र सम्पादन गरेका हुन्।

चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘एसएसओजी अफिसियल’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो। 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १९:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया