पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीच सहमति

पुँजी बजारमा सुधारको माग गर्दै आन्दोलनरत  संघर्ष समिति र धितोपत्र बोर्डबीच सहमति भएको छ । 

लगानीकर्ताहरुले राखेका माग सम्बोधन गर्न धितोपत्र बोर्ड सहमत भएको हो । धितोपत्र बोर्डले आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । अन्य निमयनकारी निकायसँग पनि समन्वय गरेर कामकारबाही अघि बढाउने बताइएको छ । 
 
पुँजी बजार सुधार संघर्ष समितिका मागबारे धितोपत्र बोर्डको सञ्चालक बोर्डमा ५ दिनमा जानकारी गराई नियमानुसार आवश्यक कार्य अगाडि बढाइने दुई पक्षबीच सहमति भएको छ । 

सेयर लगानीकर्ताहरु केही दिनदेखि विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रिएका थिए । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार २१:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया