एमालेले हाम्राविरुद्ध अनर्गल प्रचार गर्‍यो, अहिले कसैसँग मिसिँदैनौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध एमालेले अनर्गल प्रचार गरिरहेको आरोप लगाएका छन् । 

मंगलबारदेखि जारी केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उनले यस्तो बताएका हुन् । ‘नेकपा एमालेले हाम्रो विरुद्धमा अनर्गल प्रचार गरिरहेको छ’, उनले भने । 

साथै, ५ दलबीच भएको गठबन्धनको सम्बन्ध सुमधुर रहेको उनले बताए । अध्यक्ष नेपालले आफ्नो पार्टी अरु कोहीसँग नमिसिने घोषणा गरे । 

‘हाम्रो पार्टी अर्को पार्टीमा मिसिन गइरहेको छ । यो शतप्रतिशत होइन हजार प्रतिशत गलत छ । हाम्रो पार्टी कसैसँग मिसिनपर्ने छैन् । कसैले कुनै भ्रम फैलाउन खोज्छ भने कुनै भ्रममा नपरौं’, नेपालले भने ।
 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १३:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया