नेकपा (एकीकृत समाजवादी) को चुनाव चिन्हबारे निर्णय लिने जिम्मा स्थायी कमिटीले पाएको छ ।
पार्टी दर्तापछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले चुनाव चिन्ह बारेमा निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।
पार्टीका सचिव जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार चुनाव चिन्हको बारेमा केन्द्रीय कमिटीमा पनि छलफल भएको थियो । केन्द्रीय कमिटी बैठकले विभिन्न पदाधिकारी चयन गरेको छ ।
बैठकपछि निर्णय सुनाउँदै खतिवडाले भने, ‘चुनाव चिन्हको बारेमा छलफल भयो । यसको बारेमा थप छलफल गर्ने जिम्मा स्थायी कमिटीले पाएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।