राष्ट्रियसभाबाट विनियोजन विधेयक पास

राष्ट्रियसभाबाट विनियोजन विधेयक पास भएको छ ।

बिहीवार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पास गरेको हो । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ मा उल्लेखित विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिन सांसदको नाम मागेका थिए । 

तर कुनै दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाबाट विनियोजन विधेयक पास गरेका हुन्।

बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायमै राखेको छ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रवार ११ बजे बस्नेछ । 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १४:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया