एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०७८ पारित भएको छ । प्रतिनिधिसभाको आज दिउँसो २ बजे बसेको बैठकले बहुमतले सो विधेयक पारित गरेको हो । 

सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस् भनि निर्णायर्थ प्रस्तुत गरेका थिए ।

संसदको वेल घेराउ गरेर एमाले सांसदहरूले नारावाजी गरेपनि सभामुख सापकोटाले संसदको कारबाही अगाडि बढाएका थिए । 

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न गर्दै प्रतिपक्षी दल एमालेले नवौं अधिवेशनको सुरुवाती दिनदेखि नै संसदमा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ जना सांसदको कारबाही निवेदन दिँदा पनि सूचना टाँस नगरेको भन्दै एमालेले विरोध जनाइरहेको छ ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १५:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया