आइतबारबाट ‘द भ्वाइस किड्स’ को ‘ब्लाइन्ड अडिसन’ छायांकन

गायन रियालटी शो ‘द भ्वाइस अफ नेपाल’पछि अब ‘द भ्वाइस किड्स’ हुने भएको छ । यो बालबालिकाको गायन रियालिटी शो हो ।

हिमालय टीभी एचडीले आयोजना गर्न लागेको ‘द भ्वाइस किड्स’मा ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाले सहभागिता जनाउने छन् । हिमालय टीभीले ‘द भ्वाइस किड्स’ प्रसारणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

‘द भ्वाइस किड्स’को पहिलो अडिसन सकिएको छ । अडिसनबाट छानिएका बालबालिका अहिले ‘ब्लाइन्ड अडिसन’को तयारी गरिरहेका छन् । आउँदो आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । प्रसारण भने कात्तिकबाट सुरु गर्ने आयोजकले जनाएको छ ।

‘द भ्वाइस किड्स’मा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी कोचका रूपमा रहने छन् । राजु र प्रमोद ‘द भ्वाइस अफ नेपाल’मा पनि कोच थिए । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्ने ‘द भ्वाइस किड्स’ बालबालिकाको गायन प्रतिभालाई प्रत्साहन गर्ने उद्देश्यले आयोजना गरेको बताइएको छ ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १५:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया