राष्ट्रिय सभामा कोमल ओलीले भनिन्— सुगर लागेको व्यक्तिले समयमा ध्यान दिएन भने अरु रोग जन्मिन्छन्, सभामुखले राजीनामा दिनुपर्छ

राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रतिनिधिसभामा अहिले भइरहेको गतिविधिलाई अनावश्यक भएको बताएकी छिन् । उनले अहिले सभामुख इमान्दार नभएको र कुर्चीको महत्व राख्न नसकेको पनि बताएकी छिन् ।

अहिले प्रतिनिधि सभालाई सभामुखले बिरामी बनाएको आरोप पनि उनले लगाएकी छिन् ।

‘मेडिकल साइन्सका अनुसार चिनीरोग लागेको मान्छेमा समयमा यो नियन्त्रण नहुँदा अरु पनि समस्या देखिन्छन्,’ उनले भनेकी छिन्, ‘त्यसैले समयमा नै यसको नियन्त्रण गर्न जरुरी छ ।’

ओलीले ज्वरो आएको मानिस सबैलाई पानी पट्टी लगाएर मात्र ठिक नहुने बताउँदै कसैलाई एन्टिबायोटिक दिनु पर्ने र कसैको अरु अंगमा समस्या देखिएको रहेछ भने अपरेसन नै गर्नु पर्ने आवश्यकता पनि हुनसक्ने बताएकी छिन् ।

‘अहिले प्रतिनिधि सभा बिरामी छ,’ उनले भनिन्, ‘यसलाई ठिक लगाउन अब एन्टिबायोटिकले मात्र काम गर्दैन, अपरेसन नै गर्नुपर्छ । अपरेसन गर्नु भनेको सभामुखले राजीनामा दिनु हो ।’





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १६:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया