‘कालो कोट’ मा पनि दीपक-दीपा र रोहित

पहिलो पटक निर्माता रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’ मार्फत दीपकराज गिरी तथा दीपाश्री निरौंलासँग सहकार्य गरे । दीपक-दीपासँगको सहकार्य उनका लागि फलदायी देखियो । चलचित्रले बक्स अफिसमा राम्रै मुनाफा कमायो ।

सहकार्यको पहिलो चरण नै सफल भएपछि यहि टिमले ‘छ माया छपक्कै’को सिरिज बनाउने चर्चा सुरु भएको थियो । दीपक–दीपा र रोहितको सहकार्य दोहोरिने संकेत त्यतिबेलै देखिएको थियो । यतिबेला टिमको सहकार्य अर्को चलचित्रको घोषणा गरिएको छ । यो टिमले अब ‘कालो कोट’नामको चलचित्र बनाउने भएको छ ।

अहिले चलचित्र ‘कालो कोट’को लेखन र कास्टिङ एकसाथ चलिरहेको छ । ‘सोसल–कमेडी’ विधामा बन्न लागेको यो चलचित्रमा सौगात मल्लले अभिनय गर्ने सम्भावना रहेको छ । उनी चलचित्रमा जोडिए भने खलनायकको भूमिकामा देखिनेछन् । यो टिमले निर्देशक र अन्य कलाकारका बारेमा भने केही जानकारी सार्वजनिक भएको छ ।

दीपक–दीपाको टिमबाट यो चलचित्रमा उनीहरूसँगै केदार घिमिरे (माग्ने बुढा) साझेदारका रूपमा रहने छन् । यसअघि सँगै रहेका जीतु नेपाल यो चलचित्रमा हुने छैनन् । अवस्था सामान्य भए टोली तिहारलगत्तै ‘कालो कोट’को सुटिङमा निस्कने तयारीमा छ । चलचित्रमा तीन अभिनेत्री रहने बताइएको छ । 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १६:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया