मिर्गौलाका शत्रु ६ बानी

एजेन्सी– जानेर वा नजानेर हामी कहिलेकांही केही बानीमा निर्भर भइरहेका हुन्छौँ । केही बानीहरुले हामीलाई समस्यामा पार्न पनि सक्छन् । कतिपय यस्ता बानी पनि हाम्रा होलान् जसका कारण हाम्रो मिर्गौला खराब भइरहेको छ । तर, यसको उपचार नभएको होइन । यी आठ बानीलाई हामीले सुधार गर्न सक्यौँ भने हाम्रो मिर्गौलामा समस्या खासै देखिन पाउँदैन ।

 

रक्तचाप नियन्त्रणमा राख्नुहोस्

उच्च रक्तचापका कारण हाम्रो नशामा दबाब परिरहेको हुन्छ, यसले मिर्गौलामा समस्या निम्त्याउन सक्छ । यदि ब्लड प्रेसर उच्च छ भने समयमा नै औषधि खानु पर्छ र खानपिनमा पनि ध्यान दिनु पर्छ । 

 

अत्यन्त कम वा धेरै पानी पिउँदा



यी दुवै बानीले मिर्गौलामा समस्या निम्त्याउँछ । अत्यन्त कम पानी पिउनुले पनि शरीरमा समस्या हुन्छ र धेरै पानी पिउनाले पनि मिर्गौलामा समस्या देखिन सक्छ । शरीरको आवश्यकता अनुसार पानी पिउँदा यस्ता समस्या हराउन सक्छन् । 

 



अत्यन्त धेरै औषधिको सेवन

लामो समयसम्म दुखाइ हटाउने औषधिको सेवन गर्नु हुँदैन । चिकित्सकको सल्लाह नलिइ तपाईंले औषधि सेवन गर्ने बानी छ भने त्यसलाई तत्काल छोड्नु पर्छ । 

 

धेरै मासु खानु

अत्यन्त धेरै मासु खाने बानी छ र झन् रेड मिट बढी खानुहुन्छ भने पनि हामी सचेत हुनुपर्छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा पनि मिर्गौलालाई समस्या हुनसक्छ । 

 

लामो समय पिसाब रोक्नु

मिर्गौलाबाट बाहिर निस्कनु पर्ने विषाक्त तत्व पिसाबबाट बाहिर निस्कन्छ । त्यसैले मिर्गौललाई दबाबमा नराख्न समयमा नै पिसाब फेर्ने बानी बसाल्नुपर्छ ।
 

  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार २०:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया