त्रिशुली नदीमा कार खस्दा तीन जना बेपत्ता

त्रिशुली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । 

पृथ्वी राजमार्गको मुग्लिननजिक सडकबाट बिहीबार ग २ च ४९१८ नम्बरको कार त्रिशुलीमा खसेको चितवन प्रहरीले जनाएको छ।

बिहीबार राति ११ : ४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हाे । कारमा चालकसहित चार जना सवार थिए ।

बेपत्ता हुनेहरूमा पाेखरा महानगरपालिका-१७ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका छन्।

साेही स्थानकै ४६ वर्षीय रुद्रलाल सुवेदीकाे भने उद्दार गरी भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

बेपत्ता भएकाहरूकाे खाेजीकार्य जारी रहेकाे छ ।
 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार ७:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया