शरदसँग औँठी साटिन् गायिका जोशीले

गायिका इन्दिरा जोशीले इन्गेज्मेन्ट गरेकी छन् । गायिका जोशीले प्रेमी शरद केडियासँग इन्गेज्मेन्ट गरेकी हुन् । उनले केही समयअघि एक अन्तर्वार्ताका क्रममा आफू प्रेममा रहेको बताएकी थिइन् । तर, उनले आफ्ना प्रेमीका बारेमा केही भनेकी थिइनन् ।

गायिका जोशीका प्रेमी फेसन डिजाइनर हुन् । उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर औँठी साटेका छन् । उनीहरूलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर सबैभन्दा पहिले शुभकामना दिएका थिए ।

इन्दिराले फेसबुकमा इन्गेज्मेन्टका तस्बिर सार्वजनिक गर्दै शरदलाई धन्यवाद दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उनले सोधे- तिमी मसँग बिहे गर्छौ ? मैले भने- ‘यास !’ 

उनले शरदलाई माया गर्ने कारण उल्लेख गर्दै आफ्नो स्टार भनेकी छन् ।





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार ११:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया