नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
प्रति ताेलामा ६०० रुपैयाँले घटी ८९ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार सुन ८९ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा ५ रुपैयाँले बढी एक हजार १६० रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार एक हजार १५५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।