भूमि आयोग विघटनविरुद्धको चार रिटको पेसी भट्टराई र मोक्तानको इजलासमा

भूमि आयोग विघटनविरुद्ध दायर भएका चारवटा रिटको न्यायाधीशद्वय डा.आनन्दराज भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । 

भूमि आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवाली, अधिवक्ता प्रवेश केसी, एकबहादुर ल्वागुन र रोजन खड्काले रिट दायर गरेका हुन् । 

रिटमार्फत् निवेदकहरूले कार्यवधि नसकी आयोग विघटन गरेको जिकिर गर्दै विघटनको निर्णयलाई बदर गर्न माग गरेका छन् ।

२५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिमसँगै अल्पकालीन आदेश जारी गरेको थियो । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २१ भदौमा ‘लगाउमा राखी पेसी गर्ने’ आदेश जारी गरेको थियो । 

पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरेका शेरबहादुर देउवाले ११ साउनमा आयोगलाई विघटन गरेका थिए । आयोगका तत्कालीन अध्यक्ष ज्ञवाली चितवनका एमाले नेता हुन् । 
 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १२:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया