पल शाहको थारु गीत ‘ओ सजन’ सार्वजनिक

गायक नरेश जोगी र अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ सार्वजनिक भएको छ । 

पिके फिल्मस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गणेश चौधरीले ‘एरेञ्ज’ गरेका छन् ।
म्युजिक भिडियोमा अभिनेता पल शाह र कविता रायले मुख्य भूमिका निभाएका छन् । पल र कवितासँगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ । 

थारु भाषाको ‘ओ सजन’ गीतको म्युजिक भिडियोमा पलले थारु भाषामा संवादपनि बोलेका छन् । पलले विभिन्न भाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका छन् । पलले आफूलाई नेपालका सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन रहेको बताएका छन् । 

विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ । यो म्युजिक भिडियोको छायांकन अभिनेता पल शाहकै गृह जिल्ला दाङमा भएको थियो । 

म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी छ भने सम्पादन र कलर मिलन बिश्वकर्माको छ ।



 


 



  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १२:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया