काठमाडाैंमा गैंडाको खागसहित एक जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संरक्षित वन्यजन्तु गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । 

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको टोलीले विशेष सूचनाकाे आधारमा काठमाडाैंकाे गौशालाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको लगनखेल बस्ने निकेश बस्नेत रहेका छन् । 

प्रहरीले उनलाई ४५ ग्राम गैंडाको खागसहित पक्राउ गरेको जनाएको छ । पक्राउ गरेका बस्नेतलाई थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको सिआइबीका प्रवक्ता  श्याम महतोले जनाए ।  
 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १३:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया