जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको मधुवन नागरपालिका-१ कुसुम्बा बस्ने २४ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

मगरले गत साउन २४ गतेदेखि असोज ६ गतेसम्म ती किशोरीलाई बिवाह गर्छु भन्दै ललाई फकाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरी कुटपिट तथा धाकधम्की समेत दिने गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै डडेल्धुरामा १३ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्शुराम नगरपालिका-१० बस्ने २३ वर्षीय रामसिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका-५ घर भएका २७ वर्षीय जगदिश धामी रहेका छन् । 

ती किशोरीलाई दुई जना अपरिचित केटाहरूले असोज ५ गते बलात्कार गरी भागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो । 
 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १३:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया