नारायणहिटी दरबारबाट श्रीपेच चोर्न खोज्ने एक जना प्रहरी नियन्त्रणमा

नारायणहिटी दरबारबाट सिसा फुटाएर श्रीपेच चोर्ने प्रयास गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा पश्चिम रुकुम मुसिकोट-११ बस्ने खीमबहादुर घर्ती रहेका छन् ।
 
नारायणहिटी दरबार अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका बेलामा उनी पक्राउ परेका हुन् । सिसा फुटाएर श्रीपेच चोर्दा उनको हात काटिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका घर्ती दरबारमार्ग वृत्तको नियन्त्रणमा रहेका डिएसपी रामेश्वर पौडेलले जनाए ।

प्रहरीसँगको सोधपुछमा भने घर्तीले श्रीपेच चोर्न नखोजेको बताएका छन् । प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धान चोरी गर्ने नियत नदेखिएको दरबारमार्ग वृत्तका डिएसपी पौडेलले जानकारी दिए ।
 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १४:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया