अमिताभलाई चिठी– पान मसलाको विज्ञापनमा नखेल्नु

बलिउड अभिनेता अभिताभ बच्चन केही समय यता एउटा विज्ञापनमा देखिएका छन् । उनी पान मसालाको विज्ञापनमा देखिए पछि यसबारे निकै धेरै चर्चा पनि सुरु भएको छ । 

अभिताभ बच्चनले पान मसालाको विज्ञापन खेलेर पान मसालालाई प्रमोट गरेको आरोप लगाउँदै अब उनलाई धेरैले यस्तो नगर्न अनुरोध गरेका छन् ।

भारतको नेसनल एन्टी टोबाको अर्गनाइजेसनले त यो विषयमा हस्तक्षेप पनि गरेको छ, उनलाई पान मसालाको विज्ञापनमा नखेल्न अनुरोध गर्दै चिठी लेखिएको छ ।

भारतीय मिडियामा आएको समाचारअनुसार पान मसालाले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले यस्तो विज्ञापनमा नखेल्न अभिताभलाई अनुरोध गरिएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार २०:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया