गायक हेमन्त शर्मा अमेरिकामा सम्मानित भएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक शर्मालाई मगर संघ डिएभी च्याप्टरले सम्मान गरेको हो।
नेपाली सांगीतिक क्षेत्रमा लामो समय योगदान गरेका शर्मालाई सोही योगदानको मूल्यांकन गर्दै सम्मान गरेको मगर संघका अध्यक्ष ललित तिलिजा मगरले जानकारी दिए ।
अमेरिकाको बाल्टिमोरमा भएको सम्मान कार्यक्रममा मगरले भने, ‘मगर संघ जहाँ भए पनि नेपाली गीत संगीत र कलाको सम्मान गर्न सधैं अग्रसर रहन्छ ।’
सम्मानित भएपछि गायक शर्माले फेसबुकमार्फत् संघलाई धन्यबाद दिएका छन् । उनले फेसबुकमा मगर भाषा मार्फत् नै धन्यबाद दिएका छन् । लेखेका छन्, ‘पट्टकोके झोर्ले ! मगर समाज D M V Chapter USA यिलाङ उपस्थित पट्टको रोह ईसै सम्मानओ लागि ढलिंङ ढलिंङ धन्यवाद ले है ’
एक महिना लामो सांगीतिक भ्रमण सकेर गायक शर्मा यसै साता स्वदेश फर्किँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।