चीनको सेन्ट्रल बैंकले क्रिप्टोकरेन्सीसँग जोडिएका सबै लेनदेनलाई अवैध घोषित गरेको छ । बैंकले बिटकोइनजस्ता डिजिटल करेन्सीमा प्रतिबन्ध लगाएको छ ।
‘भर्चुअल करेन्सीसँग जोडिएका कारोबारी गतिविधि अवैध गतिविधि हुन् । यो मानिसको सम्पत्तिको सुरक्षाको लागि गम्भीर खतरा हो’, पिपल्स बैंक अफ चाइनाले भनेको छ ।
चीन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बजारमध्ये एकमा पर्दछ । चीनमा क्रिप्टोकरेन्सीमा आएको उतारचढावले क्रिप्टोकरेन्सीको वैश्विक मूल्यमा प्रभावित गर्दछ ।
चीनले प्रतिबन्ध लगाएसँगै बिटकोइनको मूल्य दुई हजार डलरभन्दा धेरै गिरावट आइसकेको छ ।
क्रिप्टोकरेन्सीको व्यापार सन् २०१९ मा चीनले आधिकारिक रूपले प्रतिबन्ध लगाएको थियो । तर विदेशी मुद्राको माध्यमबाट क्रिप्टाेकरेन्सीकाे व्यापार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।