छुरा प्रहार गरी छिमेकीकाे हत्या गर्ने पक्राउ
सांकेतिक तस्बीर

सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारी रहेका छन् । अधिकारीले साेही स्थान बस्ने २१ वर्षीय राजु थापालाई सामान्य घरायसी विवाद हुँदा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारपश्चात् गम्भीर घाइते भएका थापाकाे उपचारकाे क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

पक्राउ परेका अधिकारी पनि घाइते भएकाले प्रहरीकाे निगरानीकाे उनकाे उपचार भइरहेकाे छ । प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गरिरहेकाे छ ।





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार ९:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया