बयान फेर्ने महिलाई ५ हजार जरिवाना

बलात्कार मुद्दामा दैलेख जिल्ला अदालतले पीडक र पीडित दुवै पक्षलाई सजाय तोकेको छ । पीडकलाई १० वर्ष कैद र पीडित पक्षलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको हो । ​

अदातलले ​दुल्लु नगरपालिका–८ का ६१ वर्षीय नन्दाराम भण्डारी र बयान फेर्ने बलात्कृत बालिकाकी आमालाई ५ हजार जरिवाना तिराउने निर्णय गरेको हो । २०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा भण्डारीले आफ्नै घरमा बोलाएर एक १७ वर्षीया बालिकालाई भण्डारीले बालिकालाई बलात्कार गरेका थिए । घटना लगत्तै पीडित पक्षले २०७७ साल जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।  

बलात्कारपछि बालिका गर्भवती भएकी थिइन् । बालिका ५ हप्ताको गर्भ रहेको र कानुनअनुसार नै गर्भपतन अस्पतालमा गर्भपतन गरिएको थियो । बलात्कार गरेको कसूरमा पीडक भण्डारीलाई १० वर्ष कैद सजाय सुनाएको र पीडकलाई बचाउनका लागि बलात्कार भएको होइन भनी वकपत्र गरेकी पीडित बालिकाकी आमालाई ५ हजार रुपैयाँ जरिवाना भएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले बताए ।

‘अस्पतालमा गर्भपतन गराएको प्रमाण हुँदाहुँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित ब्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय भएको छ,’ उनले भने, ‘पीडकलाई जोगाउनका लागि पीडित पक्षले बयान फेरेका कारणले दुवै पक्षलाई सजाय भएको हो ।’





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १४:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया