आज ९६३ जनामा कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ५० पीसीआर गर्दा ७ सय ९० र ३ हजार ५२९ एन्टीजेन परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना पुष्टि भएको हो ।  

योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ । त्यस्तै, आज कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८ सय ७५ पुगेको छ । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १७:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया