माधव नेपालको दाबी : चुनावपछि एमाले पत्तासाप, एकीकृत समाजवादीलाई फलिफाप

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि आफ्नो पार्टी शक्तिशाली बनेर उदाउने दाबी गरेका छन् । शनिबार हेटौंडामा आयोजित मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि एमाले पत्तासाप हुने दाबी गरे । 

अहिलेको सत्तारुढ गठबन्धन दिगो रहने उल्लेख गर्दै अध्यक्ष नेपालले गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए । त्यसपछि केपी ओलीको समूहलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा आउने उनको भनाइ थियो । 

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) र जनमोर्चा सम्मिलित पाँचदलीय गठबन्धन वडा तहसम्म समन्वय र सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । 

उनले गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने बताउँदै यसमा लगभग तयारी पूरा भएको जानकारी दिए । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १९:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया