आँखारोग विशेषज्ञ डाक्टरका एक सय कला प्रदर्शनमा

आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शन गरिएको छ । डा. श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेसाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई शनिबार नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । 

उक्त प्रदर्शनीको उद्घाटन गर्दै शताब्दीपुरुष सत्यमोहन जोशीले कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । ‘नेपाली कलाको विकास, उन्नति र प्रचारका क्षेत्रमा नेपाल कला परिषद्ले खेलेको भूमिका सराहनीय छ,’ उनले भने ।

जोशीले जनस्तरबाट स्थापना भएको कला परिषद्लाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पारे । उनले डा. श्रेष्ठ बहुप्रतिभाकी धनी भएको बताए। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आफ्ना अनुभूति र आफूलाई मनमा लागेको कुरालाई प्रस्तुत गर्ने माध्यम कला भएको उल्लेख गरे ।

वरिष्ठ कलाकार हरिप्रसाद शर्माले डा. श्रेष्ठले कलामार्फत देश र समाजलाई नयाँ सिर्जना दिएको बताए । 

नेपाल ललितकला क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोविन्द डंगोलले कलामा पनि उज्ज्वल भविष्य भएकाले यसलाई निरन्तरता दिन आग्रह गरे ।



डा. श्रेष्ठले आफ्ना श्रीमान् डा. विनोद विजुक्छे र छोरा आरभ विजुक्छेको साथ र सहयोगले आफू कला क्षेत्रमा लाग्ने अवसर प्राप्त गरेको बताइन् ।  । 

सोमबारसम्म चल्ने प्रदर्शनीमा १०० कला प्रदर्शन गरिएको छ । प्रदर्शनबाट उठेको रकम समाजसेवामा खर्च गर्ने डा. श्रेष्ठले जानकारी दिए ।



  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १९:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया